प्रदेश १ मा ३१५ सङ्क्रमित थप

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यस अवधिमा गरिएको १ हजार १९७ जनाको पिसिआर परीक्षणमा १३८ महिला र १७७  पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन-तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक-एक र प्रदेश बाहिरका सात जना रहेका छन् । यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ११७ पुगेको छ ।

प्रदेशमा सोही अवधिमा ३५० जना संक्रमित निको भई घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ४६ पुगेको छ । प्रदेशमा हालसम्म १ लाख ६७ हजार ३०० सयको पिसिआर परीक्षण गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार १९:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया