क्रिकेटमा फ्रि–हिटमा ब्याट्म्यान आउट भएको हामीले बिरलै देखेका छौं । फ्रि–हिटमा ब्याट्सम्यान मात्र एक तरिकाले आउट हुन्छ र त्यो हो रन आउट ।
शुक्रबार इन्डियन प्रिमियर लिग अन्तर्गत एलिमिनेटर राउन्डमा भएको रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादबीचको खेलमा यस्तै अनौठो दृष्य देखिएको थियो । यो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरका ब्याट्सम्यान मोइन अली फ्रि–हिटमा रन आउटको सिकार भए ।
पारीको ११ औं ओभरको तेस्रो बलमा एबी डिभिलियर्सले १ रन लिएका थिए । उक्त बललाई थ्रर्ड अम्पायरले नो बलको संकेत दिए । त्यतिबेला बलिङमा थिए सहबाज नदिम । डिभिलिर्सले १ रन लिएपछि मोइल अली स्ट्राइकमा पुगेका थिए ।
अलीले फ्रि–हिटमा ठूलो सट प्रहार गर्न सकेनन् र अफ साइटमा सट प्रहार गर्दै १ रनका लागि दौडिएका थिए तर एक्स्ट्रा कभरमा रहेका रशिद खानले उनलाई डाइरेट थ्रोद्वारा रन राउट गराए । अली आइपिएल इतिहासमा फ्रि–हिटमा आउट हुने पहिलो ब्याट्सम्यान बने । उनी यो खेलमा पहिलो बलमै बिना कुनै रन आउट भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।