अमेरिकी राष्ट्रपति जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन बनेका छन् । 

अबका चार वर्ष उनले अमेरिकाको नेतृत्व गर्नेछन् । अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३ नोभेम्बरमा भएको निर्वाचनमा हराउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पछिल्लो मत गणनामा पेन्सिल्भेनियालाई आफ्नो पोल्टामा पार्दै बाइडेनले अमेरिकी राष्ट्रपतिको पद हात पारेका हुन् । पेन्सिल्भेनियाका इलेक्टोरल मत जित्दै बाइडेनले राष्ट्रपति निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत कटाएका छन् ।

सन् १९९० को दशकपछि अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प मात्र एक उम्मेदवार हुन् जसले अमेरिकामा एक कार्यकाल मात्र राष्ट्रपतिका रुपमा काम गरे ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार २२:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया