बाइडेनले स्वीकारे आफ्नो जित, भने...

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचति डेमोक्रेटिक पार्टीका जो बाइडेनले आफ्नो जीतलाई स्वीकार गरेका छन् । 

जितको नतिजा आएसँगै उनले अमेरिकी जनतालाई धन्यवाद दिएका छन् । अनि उनले अमेरिकी जनताको साथलाई स्वीकार पनि गरेका छन् ।

‘म निकै सम्मानित महसुस गरेको छु, अमेरिकी जनताको यो विश्वासका लागि,’ उनले भनेका छन्, ‘म र उपराष्ट्रपति निर्वाचित ह्यारिसका लागि गरिएको यो सम्मान म भुल्ने छैन ।’

उनले अहिलेको विषम् परिस्थितिमा पनि अहिलेसम्मकै धेरै अमेरिकीले भोट गरेको भन्दै यो समयमा सबै अमेरिकी एक हुनु पर्ने आवश्यकता रहेको पनि बताएका छन् ।

‘यो अमेरिकाका लागि एक हुने समय हो,’ उनले भनेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार २२:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया