सोमबारबाट अदालती प्रक्रिया सुरु हुन्छ, बाइडेनले राष्ट्रपति भन्न पाउँदैनन्ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनमा आएका पछिल्ला नतिजालाई अस्वीकार गरिदिएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै अहिले नै राष्ट्रपति निर्वाचित जो बाइडेनले त्यो घोषणा गर्न नहुने बताएका छन् । ‘उनले हतारमा आफूलाई गलत तरिकाले विजेता भनिरहेका छन्,’ ट्रम्पले एक विज्ञप्ति जारी गरेका छन्, ‘अनि मिडियामा पनि उनका समर्थकले उनलाई साथ दिएका छन्, यसलाई हतार गर्नुहुन्न, भोलि साँचो कुरा बाहिर आउँछ ।’

उनले यो निर्वाचन अझै नसकिएको र कुनै पनि राज्यले बाइडेनलाई विजेता घोषित नगरेको पनि उनले बताएका छन् । उनले केही राज्यमा पुनः मतगणना हुने स्मरण गराउँदै बाइडेनको जित भनिएकोमा आपत्ति जनाएका छन् ।

त्यसो त यसअघि पनि ट्रम्पले अमेरिकाका विभिन्न राज्यमा भएका मत गणनामाथि प्रश्न उठाएका छन् । 

उनले आफू र वकिलहरु सोमबारबाट कानुनी लडाइँमा लाग्ने पनि बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार ०:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया