रुपन्देहीका निजी विद्यालय तिहारपछि खुल्ने

कोरोना जोखिमका कारण लामो समय बन्द रहेका रुपन्देहीका निजी विद्यालय तिहार लगत्तै भौतिक रुपमै सञ्चालन हुने भएका छन् । निजी विद्यालय सञ्चालकको संगठन प्याब्सन रूपन्देहीले तिहारलगत्तै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । 

लामो समयको बन्दाबन्दीले विद्यार्थीको सिकाइप्रक्रिया अवरूद्ध भएकाले सुरक्षित तरिकाले भौतिक रूपमै पठनपाठन गराउने तयारी भएको प्याप्सनले जनाएको छ । बुटवलमा आयोजित प्याब्सन जिल्ला भेलाले त्यसको आवश्यक तयारीमा रहन संगठन माताहतका विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई आग्रह गरेको छ । 

तिहारलगत्तै विद्यालय सञ्चालन गर्ने वातावरण मिलाइदिन सम्पूर्ण पालिका र सम्बन्धित सबैलाई लिखित अनुरोध गरिने प्याब्सन रुपन्देही अध्यक्ष लेखनाथ पौडेलले बताए ।
अन्य सबै क्षेत्र खुलिसकेको सन्दर्भमा विद्यालयमात्र बन्द गरिनु औचित्यपूर्ण नरहेको भन्दै उनले भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय भएको बताए । त्यसअघि सम्पूर्ण कक्षा कोठा सेनिटाइज गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न विद्यालयलाई आग्रह गरिएको उनले बताए ।

संगठनका केन्द्रीय सल्लाहकार कृष्णप्रसाद खनालले वैकल्पिक शिक्षण सिकाइ विधिले सम्पूर्ण विद्यार्थीलाई समेट्न नसकेकोले भौतिक उपस्थितिको विकल्प नभएको बताए । रूपन्देही जिल्लामा प्याब्सन आबद्ध २ सय ४० निजी विद्यालय छन् ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १३:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया