गण्डकी प्रदेश ट्राफिकले सुरु गर्यो ‘चालकसँग १ मिनेट’

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा सञ्चालन हुने गरी ‘चालकसँग १ मिनेट’ कार्यक्रम सुरु गरेको छ । सवारी दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु गरेको गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु ढकालले बताए ।

एसपी ढकालका अनुसार कोरोना महामारीको कुरालाई समेत मध्यनजर गर्दै कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट गण्डकी प्रदेशको ११ वटै जिल्लामा रहेको ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो । 

खराब मौसमका कारण दुर्घटना हुने सक्ने कुरालाई मध्यनजर गर्दै सचेतनामूलक सन्देश दिनका लागि यस कार्यक्रम सुरु गरिएको एसपी ढकालको भनाइ छ । ‘चालकसँग १ मिनेट’ कार्यक्रम एक महिनासम्म दिनहुँ सञ्चालन हुने बताइएको छ । 

सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मोटरसाइकल र स्कुटर चालकले हेल्मट र हेल्मेटको फिता अनिवार्य लगाऔँ, मापसे तथा नसाजन्य पदार्थ सेवन गरी सवारीसाधन नचलाऔँ र तिब्र गतिमा सवारी नचलाऔँभन्दै कार्यक्रममार्फत सचेतना फैलाइने बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १७:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया