प्रदेश १ मा २१९ जना थपिए, ६०० जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ९७६ जनाको पिसिआर परीक्षण गर्दा ७५ महिला र १४४ पुरुषमा कोरोना पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जसअनुसार मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा आठ, उदयपुरमा ६, इलाम र संखुवासभामा दुई–दुई तथा पाँचथर, भोजपुर र खोटाङमा एक–एक र प्रदेशबाहिरका १४ जना संक्रमित थपिएका हुन् । 

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको संख्या १४ हजार १७३ पुगेको छ । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १९:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया