सोमबार १७ अर्ब १० करोडबराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरीबिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो ।

बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये पाँच अर्बबराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै, १० करोडबराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदै छ ।

उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै, १२ अर्बबराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त ट्रेजरी बिल भने ०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते एक अर्ब ६६ करोडबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार २०:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया