दिल्ली पहिलो पटक आइपिएलको फाइनलमा

सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल्स पहिलोपटक इन्डियन प्रिमियर लिग(आइपिएल) को फाइनलमा प्रवेश गरेको छ  ।  गएराति अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले २० ओभरमा ८ विकेट गुमाउदै १७२ रन मात्र बनाउन सक्यो । 

खराब सुरुवमत गरेको हैदराबादका लागि केन विलियम्सन र अब्दुल समद बाहेक अन्य ब्याट्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । विलियम्सनले ४५ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मदतमा ६७ रनको बनाउँदा समादले १७ बलमा  सामन २–२ चौका र छक्काको मदतमा ३३ रनको योगदान दिए ।

दिल्लीका लागि कागिसो राबडा र मार्कस स्टोनिसले उत्कृष्ट बलिङ गरे । राबडाले ४ र स्टोनिसले ३ विकेट हात पारे । टस जितेर ब्याटिङ रोजेको दिल्लीले राम्रो सुरुवात गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८९ रनको योगफल तयार पारेको थियो ।

 दिल्लीका लागि ओपनर ब्याट्सम्यान शिखर धवन र मार्कस स्टोनिसले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । ८.२ ओभरमा रशिद खानको बलमा बोल्ड आउट हुनुपुर्व स्टोनिसले ३८ रन बनाए । 

दिल्लीका लागि धवन र सिम्रोन हिटयमायरले उत्कृष्ट ब्याटिङ गरेका थिए । १८.३ ओभरमा सन्दीप शर्माको बलमा एलबीडब्ल्युको सिकार हुनुअघि धवनले ५० बलको सामना गर्दै ६ चौका र २ छक्काको मदतमा ७८ रन बनाए । हेटमायरले २२ बलमा ४ चौका र र १ छक्काको मदतमा अविजित ४२ रनको पारी खेले ।
हैदराबादका लागि जेसन होल्डर, रशिद खान र सन्दीप शर्माले सामन १–१ विकेट हात पारे ।



दिल्लीले अब उपाधि लागि नोभेम्बर १० मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।   
 



  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार ७:१८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया