कोरोनाभाइरस महामारीबाट प्रभावित नुवाकोट जिल्ला प्रशासनले यस वर्ष तिहारमा देउसीभैलो खेल्न नपाइने नियम ल्याएको छ ।
आइतबार त्यहाँ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशअनुसार २६ कार्तिकदेखि नुवाकोटामा निषेधाज्ञा पनि लगाइएको छ ।
अहिले अस्पतालमा उपचारका लागि भेन्टिलेटर र शैय्याको नै अभाव भएकाले सबैले यसलाई पालना गर्नु पर्ने आदेशमा भनिएको छ । निषेधाज्ञाको यो समयमा नुवाकोटमा सुरक्षा मापदण्ड अपनाउनु पर्ने पनि बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।