कोरोनाभाइरसः रुपन्देही, कैलालीमा तीन जनाको मृत्यु

कोरोनाभाइरस संक्रमणका कारण पछिल्ला दिन नेपालमा मृत्यु दर निकै बढिरहेको छ । 

सोमबार विहान पनि नेपालमा कम्तिमा ३ जनाको कोरोनाभाइरसबाट निधन भएको छ । निधन हुनेमा २ जना कैलालीका रहेका छन् । 

कैलालीमा ९० वर्ष र ८४ वर्षका पुरुषको कोरोनाका कारण निधन भएको हो । उनीहरु टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका हुन् । 

उनीहरुमा कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो । 

त्यस्तै,  सोमबार नै रुपन्देहीमा पनि एक जना संक्रमितको निधन भएको छ । मृत्यु हुने बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षका पुरुष हुन् । 

उनलाई कोरोना संक्रमण २२ कार्तिकमा पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार ११:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया