रोनाल्डो फेरि मैदान बाहिर हुनसक्ने

कोरोना संक्रमणका कारण करिब २ सातापछि मैदान फर्किएका पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका फरर्वड क्रिस्टियानो रोनाल्डो फेरि केही समय मैदान बाहिर रहने सम्भावना बढेको छ ।

रोनाल्डोले सिरी ‘ए’ अन्तर्गत गए राति लाजियो विरुद्धको खेलमा घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको  लागेको छ । चोटका कारण उनले ७५ औं मिनेटमा मैदान छाडेका थिए । १–१ को बराबरीमा सकिएको खेलमा युभेन्टसका लागि रोनाल्डोले नै गोल गरेका थिए ।

रोनाल्डोले मैदान फर्किएपछि युभेन्टसका लागि २ खेलमा ३ गोल गरेका छन् । ३५ वर्षीय खेलाडीलाई यही महिना एन्डोरा, फ्रान्स र क्रोएसिया विरुद्धको खेलका लागि  पोर्चुगिज टोलीमा बोलाइएको छ । यदि चोट गम्भीर भएमा रोनाल्डोले ती खेल गुमाउने सम्भावना बढेको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १२:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया