नेपालमा कोरोनाभाइरसः सोमबार मात्र विराटनगरमा ७ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरसका कारण हुने मृत्युमा व्यापक वृद्धि भइरहेको छ । पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमितको निधन हुने क्रम बढेको हो । 

सोमबार मात्र विराटनगरमा सात जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । 

विराटनगरका नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम, विराट मेडिकल कलेज र कोशी अस्पतालमा कोरोनाभाइरस संक्रमितको निधन भएको हो । 

मृत्यु हुनेमा इलाम, सुनसरी र सिराहाका कोरोनाभाइरस संक्रमित रहेका छन् । यीमध्ये सबैभन्दा वृद्ध ७२ वर्षका रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १६:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया