डडेल्धुरामा युवतीको ज्यान लिने चितुवालाई स्थानीयले मारेका छन् ।
बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महताको ज्यान लिने चितुवालाई स्थानीयले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी बताए ।
चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको उनले बताए ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएको छ । टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।
सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी युवतीलाई चितुवाले आक्रमण गरेको थियो । उनको सोमबार दिउँसो अढाई बजेतिर मृत्यु भएको थियो ।
आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा पनि चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।