पटाकाको बहानामा विस्फोटक पदार्थ ओसार्ने दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बाराको फेटा गाउँपालिका १ त्रिवेणीका २८ वर्षीय लालबाबु दास र सोही ठाउँका २७ वर्षीय कन्हैया दास पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार वीरगञ्जबाट चितवनतर्फ हिँडेको ना७ख ६०४१ नम्बरको यात्रुबाहक बसमा बोरामा पटाकासँगै गन्धक र सुहागालगायत विस्फोटक पदार्थ लुकाएको अवस्थामा फेला परेपछि दासद्वय पक्राउ परेका हुन् ।
बसको पछाडिको डिक्कीमा खुर्सानी भएको बोराभित्र लुकाएको अवस्थामा नागिन पटाका ४० बण्डलसँगै विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्धकजस्तो देखिने पहेँलो पदार्थ डेढ किलो र सुहागाजस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम बरामद भएको छ ।
उनीहरुले गन्धक र सुहागा नामक विस्फोटक पदार्थ कहाँ लग्दै थिए भन्ने विषयमा केही खुलेका छैन । उनी दुवैजनालाई जिल्ला अदालतबाट विस्फोटक पदार्थअन्तर्गत कसुरमा ५ दिनको म्याद थप गराएर थप अनुसन्धान सुरु गरेको बारा प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।