रुपन्देहीमा कोरोना संक्रमित अनमीसहित दुईको मृत्यु

रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका १० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिए ।

कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा १८ गते नै उनको अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो । उनमा कुनै दीर्घ रोग थिएन । त्यस्तै भीम अस्पताल, भैरहवामा म‌ंगलबार ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ । 

सिद्धार्थनगर नगरपालिका—१२ निवासी उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । दमबाट ग्रसित उनको कात्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा पोखरेलले जानकारी दिए । रुपन्देहीमा दुईको मृत्युसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार २०:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया