लुकीछिपी भारत छिर्न खोज्ने ४ नेपाली भारतीय प्रहरीको नियन्त्रणमा

महाकाली नदी पार गरेर घुसपैठ गर्ने ४ नेपालीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । दार्चुलाको झुलाघाटबाट ट्युबमार्फत नदी पार गरेर भारत छिर्ने ४ नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई कारवाहीका लागि भारतीय अदालतमा पेश गरिएको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ । 

झूलाघाटका थानाध्यक्ष तारासिंह राणा र एसएसबीको के सी कम्पनी इन्चार्ज एसआइ केएन नगरकोटीको टोलीले उनीहरुलाई ट्युबबाट भारत प्रवेश गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । मंगलबार तालेश्वर र अमतड़ीको बीचमा रहेको खर्कतड़ीबाट पक्राउ परेका उनीहरु बझाङका रहेको थानाध्यक्ष तारासिंह राणाले जानकारी दिएका छन् । 

उनीहरु विरुद्ध विदेश अधिनियमको धारा १४ र घर ३ पासपोर्ट अधिनियम अनुसार कारवाही हुने जनाइएको छ । तिहारको समयमा हुने अवैध तस्करीलाई नियन्त्रण गर्न सुरक्षा बढाइएको थानाध्यक्ष तारा सिंहले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार ११:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया