दुर्घटनामा ३ किशोरको मृत्यु : स्थानीय सडकमा, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सडक दुर्घटना तीन किशोरको ज्यान गएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराएका छन् । मंगलबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देउखुरी  मौरीघाटमा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको थियो । पीडकलाई कानुनी कार्वाही र पीडित परिवार उचित क्षतिपूर्तिको माग राख्दै मृतकका आफन्तले बुधबार बिहान ८ बजेदेखि  राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग हुदै  पूर्व–पश्चिम चल्ने सवारीसाधनहरु अलपत्र परेका छन् । स्थानीयहरु सडकमा ढुंगामुढा राखेर बसिरहेको छन् ।
 
दुर्घटनामा परी राप्ती गाउँपालिका–५ कालापानी निवासी १६ वर्षीय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षीय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी  १७ वर्षीय दिनेश घर्तीको मृत्यु भएको हो ।  मृतक तीनजनाको साथमा परिचय खुल्ने कुनै पनि कागजात नहुँदा सनाखत हुन समय लागेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । सनाखतमा समय लाग्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ । 

मंगलबार लमही भालुवाङ सडक खण्ड अन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा राती पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक र रा ५ प ६७३३ नम्बरको मोटरसाइकल ठक्कर खादा दुर्घटना भएको हो । ट्रक समेत पल्टिएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

सडक सुचारु गर्ने प्रयास

राजमार्ग तत्काल सञ्चालनका लागि स्थानीय जनप्रतिनिधि सहितको छलफल सुरु भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।  ट्रक समिति, राप्ती गाउँपालिका अध्यक्ष, स्थानीय प्रशासन र प्रहरी लगायतको उपस्थितिमा सडक अवरोध हटाउने विषयमा छलफल जारी रहेको उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १३:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया