स‌ंक्रमितको संख्या २ लाख नाघ्यो, ११७४ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या  २५६९ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर २५६९ जना कोरोना संक्रमित थपिएका हुन्।   

हालसम्म कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९  पुगेको छ।

 काठमाडौँ उपत्यकामा  १२६१ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ९७६ भक्तपुरमा ८१ र ललितपुरमा  २०४ जना संक्रमित थपिएका छन ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८९१२  छ । यसमध्ये संस्थागत आइसोलेसनमा  १०५१९  र होम आइसोलेसनमा २८३९३  जना संक्रमित रहेका छन्।

घण्टामा पीसीआर परीक्षणको संख्या १००८१ रहेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १६६६  रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित  १६२२४३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।



पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको  ११७४  संख्या  पुगेको छ । 

आईसीयूमा उपचाररत संक्रमितको संख्या  ३८२  र भेन्टिलेटरमा ९५ जना संक्रमित छन् । 



  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १६:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया