बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु
बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस र्घटनास्थल

बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ।

मृतक मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन्। दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रिफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। मृतक मध्ये ८ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले शुक्रबार दिउँसो निकालिने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।  

प्रहरी र स्थानीय मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरेका छन् । मृतकको शव निकाली पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। 



तिहारको समयमा ठूलो दुर्घटना भएपछि बैतडीबासी शोकमग्न भएका छन्। दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भइनसकेको प्रहरीले जनाएको छ।



  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार ६:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया