बैतडी बस दुर्घटना अपडेटः ७ जनाको पहिचान खुल्यो

आज बिहान बैतडीमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ७ जनाको पहिचान खुलेको छ ।

दार्चुलाको गन्नादेखि कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

मृतक मध्ये ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु हुनेमा कन्चनपुरको भिमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रणबहादुर चन्द रहेका छन । त्यस्तै अन्य ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु भएका अन्य २ जनाको भने पहिचान खुल्न सकेको छैन ।

मृतक मध्ये १ जनाको शव डडेल्धुरा अस्पताल र बाकीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा घाइतेको संख्या एकिन हुन सकेको छैन् । ५ जना घाइते धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अन्यको डडेल्धुरामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



गाडी चालक वीरेन्द्र कार्कीका अनुसार गाडीमा ४० जना सवार थिए । चालक कार्की पनि घाइते भएका छन् ।



  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार १०:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया