‘विदेशिनु बाध्यता हो, अब स्वदेश फर्कौं’

गायक बलराम पाण्डेको ‘देशै भुलेर’ बोलको गीत सार्वजनिक भएको छ । गीत शुक्रबार भिडियोसहित पाण्डेकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । 

देशभक्तिले ओतप्रेत यो गीतले बाध्यताका कारण विदेशिनु परेका नेपालीहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ । 

‘नेपालमा प्रचुर अवसर र सम्भावना छ,’ गायक बलराम भन्छन्, ‘देश बनाउने जिम्मेवारी हाम्रै काँधमा छ । यो देश अरु कसैले आएर बनाइदिने होइन । त्यसैले, अब विदेशिएका सम्पूर्ण आफ्नै देश फर्किएर यहीँ दुःख–सुख गर्दै पसिना बगाउनु पर्छ ।’

बाबिन्द्र नेम्वाङको शब्द रहेको गीतमा संगीत पाण्डे आफैंले दिएका छन् ।

पेसाले बैंकर पाण्डेको सांगीतिक क्षेत्रमा यो पहिलो पाइला हो । 

दशै भुलेर बसेको छौ भने
फर्कि आउँ अब आफ्नै सानो गाउँ
आफ्नै सानो गाउँ 




 



  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार १२:४०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया