काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तिवारीले सामाजिक सञ्जालमा आफूमा कोरोना पुष्टि भएको उल्लेख गरेका हुन् । दुई दिनअघि गरिएको पिसिआर टेस्ट रिपोर्टमा तिवारीमा कोरोना पोजेटिभ देखिएको हो ।
तिवारीले आफूमा कुनै लक्षण नदेखिए पनि सुरक्षित रुपमा होम आइसोलेसनमा बसेको उल्लेख गरेका छन् । उनले आफूसँग निकट रहेकाहरुलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।