बङ्गलादेशमा गत २४ घण्टामा १ हजार ७६७ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २८ हजार ९६५ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।
गत २४ घण्टामा यस सङ्क्रमणको कारण यहाँ १९ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ६ हजार १५९ पुगेको छ । गत २४ घण्टामा बङ्गलादेशमा १३ हजार ५३९ जनाको कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षण गरिएको पनि उक्त स्रोतले जानकारी दिएको छ ।
बङ्गलादेशमा शुक्रबार १ हजार ५१९ जना कोरोना भाइरस मुक्त भएसहित हालसम्म ३ लाख ४६ हजार ३८७ जना कोरोना मुक्त भएका छन् ।
यहाँ गत जुलाई २ का दिनमा हालसम्म उच्च संख्या ४ हजार १९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । यसैगरी गत जुन ३० मा कोरोना सङ्क्रमणबाट ६४ जनाको मृत्यु भएको थियो । यो बङ्गलादेशमा कोरोना भाइरस सुरु भएतयाकै मृतकको उच्च संख्या हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।