अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि के गर्दैछन् जो बाइडेन ?

अमेरिकामा राष्ट्रपतिमा निर्वाचि भएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले राष्ट्रपतिका रुपमा आफ्नो काम सुरु गरेका छन् । 

उनले रन क्लेनलाई ह्वाइट हाउसको मुख्य स्टाफ पदका लागि चुनेका छन् । क्लेन सन् १९८० देखि बाइडेनका मुख्य सहयोगी रहँदै आएका छन् ।

बाइडेन सिनेटर हुँदादेखि उपराष्ट्रपति हुँदासम्म पनि क्लेन उनकै साथमा थिए । 

ह्वाइट हाउसमा चिफ स्टाफ राष्ट्रपतिका लागि हरेक दिनको सेड्युल बनाउने काम गर्छन् । साथमा यो पदमा नियुक्त व्यक्तिलाई अमेरिकामा गेटकिपर पनि भन्ने गरिएको छ । 

बाइडेनले अब विश्वका नेताहरुलाई पनि फोन गर्न थालेका छन् । उनी राष्ट्रपति पद ग्रहण गर्नका लागि विभिन्न तयारीमा अगाडि बढेका छन् । उनले क्याथोलिक धर्मगुरु पोप फ्रान्सिससँग कुराकानी गरेका छन् । जोन एफ क्यानेडीपछि बाइडेन अमेरिकाका दोस्रो रोमन क्याथोलिक राष्ट्रपति हुने भएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार ६:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया