अमेरिकी निर्वाचनः २८ वर्षपछि जर्जियामा डेमोक्रेटिक उम्मेदवार विजयी

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अब जर्जियामा पनि आफ्नो जित निश्चित गरेका छन् । जर्जियामा बाइडेनले जित्नु अमेरिकी निर्वाचनमा एउटा इतिहास हो । जर्जियामा सन् १९९२ यता डेमोक्रेटिक पार्टीले जित्न सकेको थिएन ।

जर्जियामा पनि जित निकालेसँगै बाइडेनले ३ सय ६ इलेक्टोरल भोट पाएका छन् ।

जर्जिया र नर्थ क्यारोलिनाको नतिजा आएसँगै बाइडेनको पक्षमा ३ सय ६ इलेक्टोरल भोट र डोनाल्ड ट्रम्पको पक्षको २ सय ३२ इलेक्टोरल भोट परेको छ । 

तर, अझै पनि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो हार स्वीकार गरेका छैनन् । उनका समर्थक र उनको पार्टीले जर्जियामा पुन मत गणना हुनु पर्ने माग राखेको छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार ६:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया