बैतडीमा बस दुर्घटनामा परी ज्यान गुमाएहरुको शव शुक्रबार साँझ नै परिवारलाई बुझाइएको छ। बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका भएका ९ जनाकै शव अन्तिम संस्कारका लागि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।
बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको प्रहरीले जनाएको छ।
बिहीबार राति बस दुर्घटना हुँदा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई÷दुईजनाको ज्यान गएको थियो । दुर्घटनाको अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा चालक स्वयं पनि घाइते भएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।