बिरामीको उपचार गरिरहेका कोरोनाभाइरस संक्रमित दुई चिकित्सकको मृत्यु भएको छ ।
बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको स्वास्थ्य आपतकालीन कार्यसन्चालन केन्द्रले चिकित्सकको निधन भएकोमा दुःख प्रकट गरेको छ ।
कोरोना संक्रमणका कारण त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा. नारायणबहादुर थापा रहेका छन् ।
डा. झाको १ मंसिरमा निधन भएको हो भने डा. थापाको आइतबार राति मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउने चिकित्सकको संख्या ४ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।