ट्रम्पले भने– मैले चुनाव जितेँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विहान आफ्नो ट्विटरमा जे लेखेका छन्, त्यसले फेरि विश्वभर समाचार बन्न थालेको छ । उनले सोमबार पनि आफूले निर्वाचन जितेको दाबी गरेका हुन् ।

यसअघि ट्विटरमा नै ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले निर्वाचन जितेको स्वीकार गर्दै ट्विट गरेका थिए । उनले यसमा पनि बाइडेनले धाँधली गरेकाले निर्वाचन जितेको बताएका थिए ।

‘उनले (जो बाइडेन)ले निर्वाचन जिते किनकि निर्वाचनमा धाँधली भएको थियो,’ ट्रम्पले भनेका छन् ।

यसरी जो बाइडेनले निर्वाचन जितेको केही समयमा नै आफूले निर्वाचन जितेको दाबी गर्दै ट्विट गरेका हुन् । उनले निर्वाचनमा धाँधली भएको बारम्बार बताइरहेका छन्, तर यसको प्रमाण अहिलेसम्म केही पनि दिन सकेका छैनन् ।

अमेरिकी निर्वाचन नतिजाअनुसार बाइडेनले ३ सय ६ भोट पाएका छन् भने ट्रम्पले २ सय ७० भोट पाएका छन् ।

पपुलर भोटमा पनि बाइडेनले ट्रम्पले पचास लाखभन्दा बढी मत पाएका छन् । तर, पनि ट्रम्पले अहिलेसम्म बाइडेनको जितलाई आधिकारिक रुपमा स्वीकार गरेका छैनन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७७ साेमबार १८:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया