कोरोनाभाइरसः सोमबार नेपालमा १२ जनाले गुमाए ज्यान

नेपालमा कोरोनाभाइरसका कारण सोमबार १२ जनाले ज्यान गुमाएका छन् । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २ सय १५ पुगेको छ । 

सोमबार काठमाडौं, ललितपुर र मकवानपुरमा २–२ जना, झापा, सुनसरी, तेह्रथुम, कास्की, सुर्खेत तथा दार्चुलामा एक एक जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

काठमाडौंमा मृत्यु हुने दुवै जना ७० वर्ष माथिका पुरुष हुन् । ७० वर्ष र ७९ वर्षका यी दुवैलाई निमोनियाको समस्या देखिएको थियो । 

त्यस्तै, सोमबार ललितपुरमा ६२ र ५८ वर्षकी महिलाले ज्यान गुमाएका हुन् । उनीहरु दुवैमा रक्तचाप र मधुमेहको समस्या थियो । 

सोमबार मकवानपुरमा ६० वर्षका, ५४ वर्षका पुरुषले ज्यान गुमाएका हुन् । त्यस्तै झापामा ८० वर्षका पुरुष, सुनसरीमा ३८ वर्षीया महिला, तेह्रथुममा २० वर्षीया युवती, कास्कीमा ७० वर्षका पुरुष, सुर्खेतमा ६२ वर्षका पुरुष, दार्चुलामा ३० वर्षका पुरुषले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७७ साेमबार २१:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया