रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले कोरोनाको कारण देखाउँदै हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः नियुक्ति दिएको छ ।
नगरपालिकाले यसअघि समय समाप्त भएर करार सम्झौता रद्द गरेका डेढ सय शिक्षक र कर्मचारीलाई फेरि नियुक्ति दिएको हो ।
नगरपालिकाले नियुक्त गरेका शिक्षक तथा कर्मचारीको करार सम्झौता गत वैशाखमा रद्द गरेको थियो । नगरपालिकाले राजस्व बाँडफाँड शीर्षकबाट आउनुपर्ने बजेट नआएको र विद्यालयसमेत बन्द रहेको भन्दै १ सय ६६ जना शिक्षक, कर्मचारीहरुलाई हटाएको थियो ।
सम्बन्धित विद्यालय र नगर शिक्षा, युवा तथा खेलकुद शाखाबाट गरिएको कार्यसम्पादन मूल्यांकनबाट सफल भएका एक सय ४५ जनाको करार सम्झौता नवीकरण गर्ने नगर शिक्षा समितिको असोज ३० गतेको निर्णयलाई कात्तिक १ गतेको ५३ औं नगर कार्यपालिका बैठकले पारित गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।