साझासँग एकता गर्न विवेकशीलका दुई तिहाइ सदस्यकाे सहमति

साझा पार्टीसँग एकता गर्न विवेकशील नेपालीका दुई तिहाइ सदस्य सहमत भएका छन् । उनीहरुले पार्टी एकताको विषयमा चर्चा हुँदै गर्दा विवेकशील नेपाली दलले २६ र २७ कार्तिकमा इमेल र एसएमएसबाट गरेको मतदानमा यो सहमति दिएका हुन् । 

योसँगै अब विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता हुने लगभग निश्चित भएको छ ।

अब यी दुई दल एकीकरण कहिले गर्ने भन्ने टुङ्गो केही दिनमा लाग्ने विवेकशीलका एक नेताले बताए । साझा पार्टीले पनि विवेकशील नेपालीसँग एकता गर्ने तयारी गरिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार २१:४९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया