सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन फिर्ता लिन अनुरोध गर्ने
फाइल तस्वीर ।

पछिल्लो समय विवादको उत्कर्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने सचिवालय बैठकले यो विवाद अन्त्य गर्ने विश्वास पार्टीका नेताहरुले लिएका छन् ।

विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता तथा चिनियाँ राजदूत होउ यान्छीको सक्रियताका कारण पनि यो विवादमा अब ट्विस्ट आउन सक्ने अनुमान गर्न थालिएको हो ।

यसअघि आज बस्ने भनिएको सचिवालय बैठक सार्न जोड गरेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि अब सचिवालय बैठकमा सहभागी हुने भएका छन् । उनी बैठकमा सहभागी हुने भएसँगै अहिलेको विवाद मिल्न सक्ने अनुमान गरिएको हो । 

नेकपामा ओलीनिकट एक केन्द्रीय सदस्यका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले गत शुक्रबार राखेको राजनीतिक प्रस्ताव फिर्ता लिन अनुरोध गर्ने भएका छन् ।

‘उहाँ (ओली) बैठकमा बस्नुहुनेछ,’ नाम नबताउने सर्तमा ती केन्द्रीय सदस्यले भने, ‘अर्का अध्यक्ष प्रचण्डले एकल रुपमा राख्नु भएको प्रतिवेदन फिर्ता लिन अनुरोध गर्नुहुनेछ ।’ यसअघि नेकपामा ओलीनिकट नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले लगायतले पनि प्रचण्डलाई उक्त प्रतिवेदन फिर्ता लिन अनुरोध गरेका थिए । 

तर, प्रचण्ड र उनको पक्षमा भएका नेकपाका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले यो प्रतिवेदनमा आफ्नो पनि सहमति रहेको जनाएका थिए ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १३:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया