६ हजार पिसिआर, १४४२ संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा १४४२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएअनुसार यो समयमा १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । केही दिन यता पिसिआर परीक्षण संख्या कम हुँदै जाँदा कोरोना संक्रमित संख्या पनि कम हुँदै गएको छ । 

मंगलबार ३ हजार पिसिआर हुँदा ५ सय २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । 

मन्त्रालयका अनुसार यो २४ घन्टामा ३ हजार ५ सय ३८ जनाले कोरोना जितेका छन् । 

यो २४ घन्टामा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित बागमती प्रदेशमा थपिएका छन् । बागमतीमा यो समयमा ११७२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यस्तै, प्रदेश १ ाम ५६ जना, प्रदेश २ मा ४१ जना, गण्डकीमा एक सय जना, लुम्बिनीमा ६३ जना र सुदूरपश्चिममा १० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

आज थपिएका कोरोनाभाइरस संक्रमितमध्ये ५ सय ३४ जना महिला हुन् भने ९ सय ८ जना पुरुष । 





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १६:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया