काठमाडौंमा थपिए १०३८ कोरोनाभाइरस संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०३८ कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

उपत्यकाका तीनै जिल्लामा यी कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये ४ सय ३ जना महिला हुन् भने ६ सय ३५ जना पुरुष हुन् ।

योसँगै काठमाडौं जिल्लामा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या ७९ हजार ७ सय ६१ पुगेको छ । यीमध्ये ६६ हजार ८ सय ८२ जनाले कोरोना जितेका छन् । 

काठमाडौं जिल्लामा ३ सय ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अब काठमाडौं जिल्लामा मात्रै १२ हजार ५ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । 

उपत्यकाको अर्को जिल्ला भक्तपुरमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या ७ हजार १ सय ९० रहेको छ । त्यहाँ अहिले सक्रिय संक्रमित १०६२ जना रहेका छन् । भक्तपुरमा कोरोनाका कारण ८० जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै, उपत्यकाको अर्को जिल्ला ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या २ हजारभन्दा बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ११ हजार ५ सय ८५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ९ हजार ४ सय ४१ जनाले कोरोना जितेका छन् भने ८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १६:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया