कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ७ की ८४ वर्षीया महिलाको बिहीबार पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

निमोनियाँसम्बन्धी समस्या भई कात्तिक २८ गते पुरानो मेडिकल कलेज भर्ना भएकी उनको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । 

ती महिलाको कात्तिक २९ गते स्वाव परीक्षण गरिएको सोही दिन उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार हुँदै आएको थियो ।





  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार १३:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया