राजतन्त्रको माग राख्दै मोटरसाइकल र्‍याली
बिहीबार धनगढीमा गरिएको प्रदर्शन । तस्वीर : फरकधार

 कैलालीको धनगढी, अत्तरियामा संवैधानिक राजतन्त्र पुनर्बहालीको माग गर्दै प्रदर्शन गरिएको छ । स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल र्‍यालीसहित राजतन्त्रको पक्षमा प्रदर्शन भएको हो । 

र्‍यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएका थिए ।  हिन्दु राष्ट्र पुर्नस्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित प्रदर्शन गरिएको आयोजकले बताएका छन् ।

 अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले आरोप लगाएका छन् । यसैका विरुद्ध प्रदर्शन गरिएको स्वतन्त्र देश भक्त नागरिक समाजका प्रवक्ता अशोक मल्लले बताए 





  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार १४:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया