सप्तरीकी कोरोनाभाइरस संक्रमितको धरानमा मृत्यु

सप्तरीकी कोरोनाभाइरस संक्रमित महिलाको धरानमा मृत्यु भएको छ । धरानमा रहेको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको बिहीबार राति निधन भएको हो । 

अस्पतालका अनुसार उनी बिहीबार मात्र अस्पताल भर्ना भएकी थिइन् । उनी बोदेबर्साइन ३ की ७१ वर्षीया महिला हुन् ।

उनलाई बिहीबार नै कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । 





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार ११:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया