नेपालमा कोरोनाभाइरसः शुक्रबार २७ जनाको मृत्यु, २ भारतीय, कसको कहाँ ?

पछिल्ला केही दिन यता कोरोनाभाइरसका कारण हुने मृत्युको संख्या झन् झन् बढ्दो छ । शुक्रबार मात्र नेपालमा कोरोनाभाइरसका कारण २७ जनाले ज्यान गुमाएका छन् । 

चिसो मौसम बढ्दै जाँदा यो मृत्यु दर थप बढ्दै जाने अनुमान गरिएको छ । चिसोका कारण निमोनियाको समस्या थप बढिरहेकाले कोरोनाभाइरसका गम्भीर बिरामी पनि बढ्दै गएका छन् । 

शुक्रबार नेपालमा कोरोनाभाइरसका कारण कास्कीमा सबैभन्दा धेरै ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, काठमाडौंमा ५ जना, कैलाली, भक्तपुरमा ४ जना, झापा, सुनसरी, सप्तरी, काभ्रे, दोलखा, नुवाकोट, तनहुँ, रुपन्देही, गुल्मी र पाल्पामा एक—एक जनाको निधन भएको छ । 

मृत्यु हुनेमा सबैभन्दा बढी उमेरका सुनसरीका ८८ वर्षका पुरुष रहेका छन् । त्यस्तै, झापाका ६३ वर्षका, काठमाडौंका ७०, ७८ र ५६ वर्षका पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । सप्तरीमा ७१ वर्षकी महिला, काठमाडौंमा ७८ वर्षकी महिला, भक्तपुरमा ७८ र ५५ वर्षका महिला, दोलखामा ३९ वर्षकी महिलाले पनि कोरोनाका कारण शुक्रबार ज्यान गुमाएका छन् ।

शुक्रबार ज्यान गुमाउनेमा सबैभन्दा कम उमेरका व्यक्ति हुन्, कास्कीका २९ वर्षीय पुरुष । काभ्रेमा पनि ७५ वर्षका पुरुष, नुवाकोटमा ४६ वर्षका पुरुषले पनि कोरोनाका कारण शुक्रबार नै ज्यान गुमाएका हुन् ।

त्यस्तै, कास्कीमा ७५, ६८, ७१, ५४ र ५५ वर्षका पुरुषले पनि कोरोनाका कारण शुक्रबार ज्यान गुमाएका छन् ।



तनहुँ, रुपन्देही, गुल्मी र पाल्पामा पनि शुक्रबार ज्यान गुमाउनेहरु सबै ५४ वर्ष माथिका छन् । कैलाली ५५ वर्षका पुरुष र ७२ वर्षकी महिलाले ज्यान गुमाएका छन् ।

नेपालमा शुक्रबार दुई जना भारतीय नागरिकले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा चितवनमा ३५ वर्षका र विराटनगरमा ७० वर्षका पुरुष रहेका छन् ।



  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार २१:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया