अहिले बिग बोसको १४ औं सिजन चलिरहेको छ ।
यही सिजनमा चर्चामा आएका हुन्, शार्दुल पण्डित । उनी केही दिनअघि सोबाट आउट भएका थिए ।
अहिले घरमा नै समय बिताइरहेका शार्दुलले चाहिँ उनी छिटो सोबाट बाहिर भएकाले घरमा कसैले मन नपराएको बातएका छन् । आफूलाई पैसाको आवश्यकता भएको र छिटो घरबाट निस्किँदा घरमा समस्या भएको उनले बताएका छन् ।
उनले आफूसँग पैसा नभएको र सलमान खानको नम्बर पनि नभएकाले अब जागिरका लागि उनीसँग गुहार माग्नुको विकल्प नभएको बताएका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘म बहुत खराब आर्थिक हैसियतमा छु, कुनै काम छ भने मलाई दिनुस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।