नेपालमा १० भन्दा कम कोरोनाभाइरस संक्रमित भेटिएको एक मात्र जिल्ला

एक वर्षअघि चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाभाइरसका कारण विश्व प्रभावित भएको छ । 

नेपाल पनि यसबाट अछुतो छैन । 

अब त नेपालमा पनि २ लाख १६ हजार ९ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण देखिइसकेको छ । नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार नेपालमा अहिले २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । यसको अर्थ हो, नेपालमा १ लाख ९१ हजार २ जनाले कोरोनाभाइरस जितिसकेका छन् । 

नेपालमा कोरोनाका कारण १ हजार २ सय ९८ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् ।

७७ वटै जिल्लामा कोरोनाभाइरस देखिए पनि नेपालमा मनाङमा चाहिँ अहिलेसम्म ५ जनामात्र कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ३ जना पुरुष हुन् भने २ जना महिला । 



नेपालमा २ सयभन्दा कम कोरोनाभाइरस संक्रमित भेटिएका जिल्ला चाहिँ १५ वटा छन् । गण्डकी प्रदेशकै मुस्ताङमा पनि अहिलेसम्म कोरोनाभाइरस संक्रमित ३१ जना मात्र भेटिएका छन् ।



  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार ०:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया