स्टान्डअप कमेडियन कुणालविरुद्ध अदालतमा अर्को मुद्दा

भारतीय चर्चित स्टान्ड अप कमेडियन तथा युट्युबर कुणाल कामराविरुद्ध एउटा अर्को ट्विटलाई लिएर अदालतको अपहेलना गरेको मुद्दा चल्ने भएको छ । 

शुक्रबार यसलाई मन्जुरी दिइएको हो । 

भारतको सर्वोच्च अदालतका न्यायाधीश बोबडेविरुद्ध उनले गरेको ट्विटलाई लिएर यो मुद्दा चलाउन लागिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । 

उनले अदालतमा १८ नोभेम्बरमा गरेको ट्विटविरुद्ध मुद्दा चलाउने भइएको हो । 

यसअघि उनले पत्रकार अर्नब गोस्वामीलाई अदालतले जमानतमा रिहा गरेपछि निकै धेरै ट्विट गरेका थिए ।

यसअघि उनलाई ट्विट लेखेकाले माफी माग्न भनिएको थियो । तर, उनले अस्वीकार गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार ०:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया