पहिलो हाफमा २ शून्यले अग्रता लिएको पीएसीले दोस्रो हाफमा तीन गोल खायो

गएराति भएको फ्रेन्च लिग वान फुटबल अन्तर्गतको प्रतिस्पर्धामा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) स्तब्ध भएको छ । पहिलो हाफमा मोनाकोमाथि २ शून्यको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा तीन गोल खाएको हो । 

मोनाकोको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रतालाई सुरक्षित गर्न नसक्दा पीएसजी पराजित भएको हो । 

पहिलो हाफमा पिएसजीका लागि २५ र ३७ औँ मिनेटमा केलियन  एमबाप्पेले गोल गरेका हुन् । 

दोस्रो हाफमा पिएसजीले मोनाकोको तीन गोल खाएको हो । मोनाकोका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए । 

खेलको ८४ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै मोनाकोका सेस फाब्रिगासले ३–२ को जित निश्चित गरेका हुन् । 

खेलको ८३ मिनेटमा डानिलो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । त्यसपछिको ७ मिनेट पीएसजी १० खेलाडीमा सीमित भएको थियो । 



हारसँगै शीर्ष स्थानमा रहेको पीएसजीले ११ खेलबाट २४ अंक जोडेको छ । मोनाकोले ११ खेल खेल्दै २० अंक जोडेको छ । उ प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । 
 



  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार ७:२५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया