‘मेस्सीले खेल जीवन बार्सिलोनामै टुंग्याउन्’
फाइल तस्बिर

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलले लियोनल मेस्सीले आफ्नो व्यवसायीक खेल जीनव बार्सिलोनाबाटै टुंग्याउन भन्ने चाहना रहेको बताएका छन् । 

उनले एउटा फ्यानको रुपमा मेस्सीले उनको खेल जीवन त्यही टुंग्याउन भन्ने चाहेको बताएका हुन् । बिहीबार मात्र सिटीमा थप दुई वर्ष सम्झौता थप गरेका उनले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

‘मेस्सी बार्सिलोनाका खेलाडी हुन् । मैले यो कुरा हजारौँ पटक भनेको छु’, उनले भनेका छन्, ‘एक फ्यानको हिसाबले मेस्सी आफ्नो खेल जीवन त्यहिँ टुंग्याउन् भन्ने चाहन्छु ।’

आफ्ना पूर्व खेलाडी मेस्सीलाई क्लबमा ल्याउन चाहेको विषय उठेपछि प्रष्ट पार्ने क्रममा उनले यस्तो बताएका हुन् । 

अघिल्लो सिजनमै मेस्सीले बार्सिलोना छोड्न चाहे पनि सम्झौताका कारण उनी रोकिएका थिए । मेस्सीको बासिलोनासँगको सम्झौता आगामी समरमा सकिदै छ । त्यसपछि उनले क्लब छोड्ने चर्चा छ । 

अघिल्लो सिजन मेसी बार्सिलोना छोडेर सिटी जाने प्रयासमा रहेको खबर सार्वजनिक भएको थियो । 





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार ७:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया