अमेरिकी निर्वाचनः जर्जियाले आधिकारिक रुपमा भन्यो– जो बाइडेनले जिते

३ नोभेभ्बरमा भएको निर्वाचनमा आफू अनुकूल परिणाम नआएपछि त्यसलाई हेरफेर गर्न लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टिमका लागि एउटा नराम्रो खबर छ । ट्रम्पले मिसिगन र जर्जियामा नतिजा बदल्नका लागि प्रयास गरेका थिए । 

तर, अब जर्जियामा भएको निर्वाचनमा आधिकारिक रुपमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले निर्वाचन जितेका छन् । त्यहाँको निर्वाचन आयोगले फेरि गरेको मत गणनामा जो बाइडेनले १२ हजारभन्दा धेरै मतले निर्वाचन जितेको घोषणा गरेको छ ।

यसको अर्थ के हो भने जर्जियामा बाइडेनले १८ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् ।

अर्कोतिर, मिसिगनका अधिकारीहरुसँग राष्ट्रपति ट्रम्पले भेटेका छन् । यो भेटमा पनि जो बाइडेनले नै त्यहाँ निर्वाचन जितेको ती अधिकारीहरुले बताएका छन् । यसका कारण अहिले डोनाल्ड ट्रम्प निकै तनावमा परेका छन् । किनकि उनी अमेरिकी निर्वाचनको नतिजा उल्ट्याउन चाहन्थे, तर अब यो असम्भव भएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार ९:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया