तेरे नामको सिक्वेल बन्दै

कुनै समय नेपालमा पनि हंगामा मच्चाएको सलमान खानको फिल्म तेरे नामको सिक्वेल बन्ने भएको छ । सन् २००३ मा आएको यो फिल्मले प्रशंसकको मात्र माया पाएको थिएन, बक्स अफिसमा पनि तहल्का मच्चाएको थियो ।

अब यही फिल्मको सिक्वेल बन्न सक्ने सम्भावना बढेको छ । निर्देशक सतिश कौशिकले आफूलाई एउटा फिल्मको स्क्रिप्ट प्राप्त भएको र आवश्यक परेको खण्डमा आफूले त्यो फिल्मको सिक्वेल बनाउन सक्ने बताएका छन् । 

भारतीय पत्रिकाहरुसँगको अन्तर्वार्तामा उनले तेरे नामको राधेको कथा जहाँ सकिएको थियो, त्यहीँबाट कथा सुरु हुनेसमेत बताएका छन् । तर, यसबारे आफूले सलमान खानसँग कुनै कुराकानी नगरेको उनले बताएका छन् ।

यो फिल्ममा सलमान खानका साथसाथै मुख्य भूमिकामा भूमिका चावला नै लिड रोलमा थिइन् । त्यति बेला सलमानको हेयरस्टायलका कारण पनि चर्चामा आएको तेरे नामको सिक्वेल कहिले देखि बन्न सक्छ भन्ने चाहिँ केही खुलाइएको छैन ।





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार ९:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया