गायक अनुप गुरुङको 'गल्ती' सार्वजनिक

गौरव पहारी अभिनित गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत गायक अनुप गुरुङको रहेको छ। गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ।  

प्रेम सम्बन्धमा हुने गल्तीहरूको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन्।  भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ।  राम आईडु सहायक निर्देशक रहेको यस भिडियोलाई बाल कुमार मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।  ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।

हाल हंगकंगमा रहेका गायक गुरुङले विदेशी भूमिबाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन्।

 





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १५:४३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया