नेपालमा थपिए झन्डै २ हजार कोरोना संक्रमित, कहाँ कति ?

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ६ सय ७४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

देशभरका प्रयोगशालामा ८ हजार १ सय ४४ नमूना परीक्षण गर्दा १ हजार १३ जना पुरुष र ६ सय ६१ जना महिला कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाभाइरसका कारण १ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । 

अहिले देशभर २४ हजार ९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । यीमध्ये ६ सय ८५ जना काठमाडौंका हुन् । त्यस्तै, ललितपुरमा १ सय ६५ जना र भक्तपुरमा ४९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

त्यस्तै, कास्कीमा ७५ जना, चितवनमा ६१ जना, झापामा ५७ जना, रुपन्देहीमा ५७ जना, काभ्रेमा ५६ जना, तनहुँमा ४४ जना, कैलालीमा ४०, बाँकेमा ३९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १६:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया