जर्मनीमा एकैदिनमा २३ हजार सङ्क्रमित

जर्मनीमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या ९ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल ९ लाख २ हजार ५२८ जना सङ्क्रमित भएका हुन् । 

कोरोना भाइरसबाट एकैदिनमा सङ्क्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना सङ्क्रमित भएका छन् । 

जर्मनीमा कोरोना भाइरसबाट सङ्क्रमित भएर एकैदिनमा २५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ८८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या अहिलेसम्म ५ लाख ९३ हजारभन्दा बढी रहेको छ । 

एक दिन अगाडि एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या २३ हजार ६४८ र मृत्यु भएकाहरुको सङ्ख्या २६० पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ देखि विश्वभरि कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको हो । 

कोरोनाका कारण अहिलेसम्म विश्वभरि पाँच करोड ७९ लाख १५ हजार ५५९ जना सङ्क्रमित भएका छन् भने १३ लाख ७७ हजार ८२६ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १७:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया